काठमाडौं । तीन वर्षअघि रुकुम पश्चिममा ६ जना युवकको ज्यान जानेगरी भएको घटना जातीय विभेदजन्य आपराधिक काम भएको व्याख्या जिल्ला अदालतले गरेको छ । रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीले गत मंसिर १९ मा गरेको फैसलाको हालै सार्वजनिक पूर्ण पाठमा जातीय विभेदकै कारण गाउँलेले ६ जना युवकलाई कुटपिट गरी मारेको ठहर गरिएको छ ।
२०७७ जेठ १० मा गाउँलेले घरेलु हतियारसहित घेरा हाली ती युवालाई कुटपिट गरेका थिए । आक्रमणपछि नवराज विकसहित २१ वर्षीय सन्जु विक, १७ वर्षीय गणेश विक, १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र २० वर्षीय टीकाराम सुनारको मृत्यु भएको थियो । उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो ।
जिल्ला अदालतले वस्तुतः जातीय विभेदजन्य काम आपराधिक भएको व्याख्या गरेको छ । ‘जातीय विभेदजन्य काम व्यक्तिको सम्मान र प्रतिष्ठामा आँच पुऱ्याउने आपराधिक कार्य हो,’ अदालतले भनेको छ । अदालतले जातीय भेदभावको कुरा सबै मानवबराबर मर्यादा र अधिकारसहित स्वतन्त्र रूपमा जन्मेका हुन्छन् भन्ने मानवअधिकारको विश्वव्यापी घोषणापत्रको विपरीत हुने ठहर पनि गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । लेनदेनको विषय नमिल्दा बाँकेको नौबस्ता कारागार १७ गते शनिवार रणभूमिमा परिणत भएको छ । दर्जनौं कैदी घाइते भएका छन् केहीलाई अस्पतालमा लगिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend