Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अख्तियारद्वारा सुशासनको पक्षमा लेख्ने आचार्यसहित तीन पत्रकार सम्मानित


    आइतबार, माघ २८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राजनीतिक विश्लेषक तथा  स्तम्भकार सुदर्शन आचार्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पुरस्कृत भएका छन् । आचार्यले सुशासनको पक्षमा निरन्तर कलम चलाउँदैआएका छन् । सुशासनको पक्षमा र भ्रष्टाचार नियन्त्रणको सवालमा उनले निरन्तर स्तम्भ लेख्दैआएका छन् ।

    त्यसैगरी, भ्रष्टाचार बिरुद्ध उत्कृष्ट रिपोर्टिङ गरेबापत कान्तिपुर दैनिकका मातृका दाहाललाई आयोगले पुरस्कृत गरेको छ । रातोपाटी अनलाइनका सुवास गोतामे, लोकान्तर डटकमका अजय अनुरागी  पुरस्कृत भएका छन् । पुरस्कृत सबैलाई २० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

    आइतबार अख्तियार दिवसका दिन पत्रकारत्रय दाहाल, गोतामे र अनुरागीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका छन् । आचार्य अष्ट्रेलियामा भएकाले उनलाई स्वदेश फर्किएपछि पुरस्कार हस्तान्तरण गरिने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार