Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • यी हुन् त्रिविको उपकुलपतिका लागि सर्टलिस्टमा परेका नामहरू


    शुक्रबार, माघ २६ २०८०
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिविको उपकुलपतिका लागि आवेदन दिएका मध्ये १४ जनाको नाम सर्ट लिस्टमा परेको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सर्ट लिस्टमा परेकाहरूको नामावली सार्वजनिक गरेको हो ।

    जसमा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलबासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापा छन् ।

    उपकुलपति पदका लागि २ महिला र ४१ पुरुष गरी ४३ जनाको आवेदन परेको थियो । ती ४३ जनामध्येबाट सिफारिस समितिले १४ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार