काठमाडौँ। जिल्ला अदालत, काठमाडौंले भिजिट भिसाको आवरणमा संगठित समूह बनाएर मानव तस्करी गरेको आरोप लागेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कासहित चार जनालाई जेल चलान गरेको छ।
नरवीर मानव बेचखिन तथा ओसारपसार सम्बन्धी अलग्गै कसूरमा पुर्पक्षका लागि थुनामा छन्। रुसी सेनामा भर्ती हुन गएका एक जना पूर्व प्रहरीले फर्किएपछि जाहेरी दिएर नरवीर गत मंसीरमा पक्राउ परेका थिए।
न्यायाधीश कपिलमणि गौतमको इजलासले माघ २३ गते नरवीर, अरुण दाहाल, मनोज तामाङ र सरोजकुमार यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। दिनेश ज्ञवाली, रविन अर्याल, पदम लामा, विनोद कार्की र रामप्रसाद भण्डारीलाई भने धरौटीमा छोडेको छ। पाँच लाख धरौटी जम्मा गर्न नसकेपछि गीता शाहलाई पनि जेल चलान गरिएको छ।
शाहले भिजिट भिसामा बाहिर जाने मानिस खोज्ने भूमिका पाएकी थिइन् भने दिनेश, रविन र रामप्रसाद नामवली संकलन गर्ने भूमिकामा थिए। संकलित नामवलीअनुसार नक्कली कागजात बनाउन मनोज र विनोदको जिम्मेवारी थियो।
दाहाल, तामाङ र यादवले भिजिट भिसामा पठाउनुपर्नेहरूको नामवली अध्यागमन अधिकृत खड्कालाई दिने गरेको अभियोग छ। ती नामवलीअनुसार, खड्काले अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागोसहितको टिम बनाएर पार गराउने गरेका थिए। खड्काबाहेक अध्यागमनका अन्य अधिकृतहरू भने फरार छन्।
रोजगारीका लागि सेटिङमा भिजिट भिसामा जानेहरूबाट रकम असुलेर संगठित गिरोह सञ्चालन गर्ने समूहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरेको थियो। अध्यागमनका नौ जना कर्मचारीसहित २२ जनाले भूमिका बाँडफाँट गरेर संगठित रुपमा भिसामा मानिस पठाउने गरेको अभियोग माघ १८ गते अदालतमा दर्ता भएको थियो।
उक्त भिजिट भिसा लिएर सेटिङमा गएकाहरू कतिपय विदेश पुगेपछि श्रम भिसा लिएर काम गर्ने गरेका छन् भने कतिपय अलपत्र पर्ने गरेका छन्।
नक्कली कागजात बनाउने, भिजिट भिसामा जाने मानिस खोज्ने, त्यस्ता मानिसको नामवली संकलन गर्ने, नामवलीअनुसार विमानस्थलबाट प्रस्थान गर्न सहजीकरण गरिदिने जस्ता भूमिका बाँडेर संगठित रुपमा यो गिरोहले काम गरेको अभियोजन पत्रमा उल्लेख छ।
यो गिरोहमा अध्यागमन कर्मचारीसहित ट्राभल्स, अनलाईन सेवा सञ्चालक, होटल सञ्चालक, अध्यागमनका कर्मचारीको मिलेमतो भएको अभियोजन पत्रमा छ।
मुस्ताङ । भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको अवस्थामा संचालनमा रहेको नेपाल–चीनबीच सामान आयात निर्यात हुने मुस्ताङ भन्सार...
काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend