काठमाडौं । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले हमासले गाजा युद्धविराम योजना र बन्धकहरूको रिहाइमा सकारात्मक प्रतिक्रिया दिएको बताएका छन्।
शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीको यो प्रतिक्रिया मध्यपूर्वमा आफ्नो नयाँ भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटपछि आएको हो। कतारका प्रधानमन्त्रीले भने कि हमासको प्रतिक्रिया सामान्यतया सकारात्मक छ। अमेरिकी विदेशमन्त्रीले यसबारे इजरायली नेताहरूलाई जानकारी दिनेसमेत जनाएका छन् ।
मंगलबार जारी गरिएको विज्ञप्तिमा हमासले युद्धविराम प्रस्तावलाई सकारात्मक भावनामा प्रतिक्रिया दिएको तर अझै पूर्ण युद्धविराम र आक्रमणको अन्त्य चाहेको युरो न्यूजले जनाएको छ।
कतारले हमाससँग लामो समयदेखि मध्यस्थता गर्दै आएको छ र युद्धविरामको लागि अमेरिका र इजिप्टसँग काम गरिरहेको छ, जसमा युद्धको दीर्घकालीन रोक र गाजामा अझै पनि रहेका १०० भन्दा बढी बन्धकहरूको रिहाई समावेश गरिएको छ।
कतारका प्रधानमन्त्रीले हमासको प्रतिक्रियाको बारेमा कुनै विवरण दिएनन् तर सो समूहले टिप्पणी गरेको भने जानकारी दिएका छन । एन्टोनी ब्लिन्केनले अधिकारीहरूले हमासको प्रतिक्रिया पाएको पुष्टि गरे ।
अल जजीराका अनुसार हमासले बन्धक सम्झौतालाई आधिकारिक रूपमा सकारात्मक प्रतिक्रिया दिएको बताएको छ तर अमेरिका र कतारले गाजामा लडाइँ रोक्न समय लाग्ने बताएका छन्।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend