काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय समय अनुसार ७:४० बजेभन्दा केही अघि मिन्डानाओ टापुको तटीय क्षेत्रमा गएको हो।
भूकम्पको लगत्तै फिलिपिन्स, इन्डोनेसिया र जापानसहितका एसियाली देशहरूमा सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरिएको छ।भूकम्पको धक्का कतिपय छिमेकी देशका तटीय क्षेत्रमा समेत महसुस गरिएको छ।
शक्तिशाली भूकम्पपछि समुद्रमा ठुला छालहरू उठ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित देशका अधिकारीहरूले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। अमेरिकी सरकारी एजेन्सीले प्रभावित क्षेत्रका सर्वसाधारणलाई तत्काल समुद्रबाट बाहिर निस्कन र समुद्री किनार तथा बन्दरगाहहरूभन्दा टाढा सुरक्षित स्थानमा जान भनेको छ।
यसैगरी। फिलिपिन्सको भूकम्प मापन केन्द्रले समुद्री सतहभन्दा १ मिटरसम्म अग्लो छाल आउन सक्ने चेतावनी दिँदै तटीय क्षेत्रका नागरिकलाई तुरुन्तै उचाइ भएका स्थान वा भित्री भू–भागतिर स्थानान्तरण हुन आग्रह गरेको छ। इन्डोनेसियाको एजेन्सीले देशको उत्तर–पूर्वी तटीय क्षेत्र र जापानले प्रशान्त महासागरीय तटका विभिन्न भू–भागमा सुनामीको पूर्व चेतावनी एडभाइजरी जारी गर्दै नागरिकलाई सचेत रहन भनेका छन्।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend