काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय समय अनुसार ७:४० बजेभन्दा केही अघि मिन्डानाओ टापुको तटीय क्षेत्रमा गएको हो।
भूकम्पको लगत्तै फिलिपिन्स, इन्डोनेसिया र जापानसहितका एसियाली देशहरूमा सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरिएको छ।भूकम्पको धक्का कतिपय छिमेकी देशका तटीय क्षेत्रमा समेत महसुस गरिएको छ।
शक्तिशाली भूकम्पपछि समुद्रमा ठुला छालहरू उठ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित देशका अधिकारीहरूले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। अमेरिकी सरकारी एजेन्सीले प्रभावित क्षेत्रका सर्वसाधारणलाई तत्काल समुद्रबाट बाहिर निस्कन र समुद्री किनार तथा बन्दरगाहहरूभन्दा टाढा सुरक्षित स्थानमा जान भनेको छ।
यसैगरी। फिलिपिन्सको भूकम्प मापन केन्द्रले समुद्री सतहभन्दा १ मिटरसम्म अग्लो छाल आउन सक्ने चेतावनी दिँदै तटीय क्षेत्रका नागरिकलाई तुरुन्तै उचाइ भएका स्थान वा भित्री भू–भागतिर स्थानान्तरण हुन आग्रह गरेको छ। इन्डोनेसियाको एजेन्सीले देशको उत्तर–पूर्वी तटीय क्षेत्र र जापानले प्रशान्त महासागरीय तटका विभिन्न भू–भागमा सुनामीको पूर्व चेतावनी एडभाइजरी जारी गर्दै नागरिकलाई सचेत रहन भनेका छन्।
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend