काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् ।
उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन सक्ने तथा होर्मुज जलमार्ग पुनः खुलाउन सक्ने बताइएको छ । यद्यपि, दुवै पक्षबीच अझै पनि गहिरो अविश्वास कायम रहेको छ भने महत्वपूर्ण मुद्दाहरूमा मतभिन्नता जारी छ ।
ट्रम्पले लेखेका छन्, ‘हाम्रो अद्भूत र अभूतपूर्व नौसैनिक नाकाबन्दीका कारण होर्मुज जलमार्गमा फसेका जहाजहरू, जसलाई अब फुकुवा गरिनेछ, उनीहरूले ‘घर फर्किने’ प्रक्रिया सुरु गर्न सक्छन् ।’
उनले अर्को सूचना नभएसम्म कुनै पनि पैसाको लेनदेन नहुने बताए । निकै कम महत्वका अन्य विषयहरूमा सहमति भइसकेको छ । ‘अन्तिम निर्णय लिनका लागि म अब ‘सिचुएसन रुम’मा बैठक बस्दै छु, उनले भनेका छन् ।
ट्रम्पले शुक्रबार यस विषयमा छलफल गर्न आफूले ‘सिचुएसन रुम’मा सल्लाहकारहरूसँग बैठक गरिरहेको बताएका थिए । त्यसको केही घण्टापछि ह्वाइट हाउसले बैठक सकिएको जानकारी दिए पनि थप विवरण भने सार्वजनिक गरेन ।
अर्कोतर्फ, इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता एस्माएल बघाएले अमेरिकासँग कुनै पनि सम्झौता अझै टुंगोमा नपुगेको स्पष्ट पारेका छन् ।
‘परमाणु मुद्दाजस्ता अन्य बुँदाहरू पनि उल्लेख गरिएका छन् । तर, म के कुरामा जोड दिन चाहन्छु भने, हामी यतिबेला युद्धको अन्त्यमा मात्र केन्द्रित छौँ,’ उनले भने, ‘परमाणु कार्यक्रमका विस्तृत विवरणबारे छलफल गरिरहेका छैनौँ ।’
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend