काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् ।
उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन सक्ने तथा होर्मुज जलमार्ग पुनः खुलाउन सक्ने बताइएको छ । यद्यपि, दुवै पक्षबीच अझै पनि गहिरो अविश्वास कायम रहेको छ भने महत्वपूर्ण मुद्दाहरूमा मतभिन्नता जारी छ ।
ट्रम्पले लेखेका छन्, ‘हाम्रो अद्भूत र अभूतपूर्व नौसैनिक नाकाबन्दीका कारण होर्मुज जलमार्गमा फसेका जहाजहरू, जसलाई अब फुकुवा गरिनेछ, उनीहरूले ‘घर फर्किने’ प्रक्रिया सुरु गर्न सक्छन् ।’
उनले अर्को सूचना नभएसम्म कुनै पनि पैसाको लेनदेन नहुने बताए । निकै कम महत्वका अन्य विषयहरूमा सहमति भइसकेको छ । ‘अन्तिम निर्णय लिनका लागि म अब ‘सिचुएसन रुम’मा बैठक बस्दै छु, उनले भनेका छन् ।
ट्रम्पले शुक्रबार यस विषयमा छलफल गर्न आफूले ‘सिचुएसन रुम’मा सल्लाहकारहरूसँग बैठक गरिरहेको बताएका थिए । त्यसको केही घण्टापछि ह्वाइट हाउसले बैठक सकिएको जानकारी दिए पनि थप विवरण भने सार्वजनिक गरेन ।
अर्कोतर्फ, इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता एस्माएल बघाएले अमेरिकासँग कुनै पनि सम्झौता अझै टुंगोमा नपुगेको स्पष्ट पारेका छन् ।
‘परमाणु मुद्दाजस्ता अन्य बुँदाहरू पनि उल्लेख गरिएका छन् । तर, म के कुरामा जोड दिन चाहन्छु भने, हामी यतिबेला युद्धको अन्त्यमा मात्र केन्द्रित छौँ,’ उनले भने, ‘परमाणु कार्यक्रमका विस्तृत विवरणबारे छलफल गरिरहेका छैनौँ ।’
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend