Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • रिक्त केन्द्रीय समिति सदस्य पदपूर्तिका लागि नेसपाले बनायो कार्यदल


    आइतबार, माघ २१ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल समाजवादी पार्टीले रिक्त केन्द्रीय समितिमा पदपूर्तिका लागि सहअध्यक्ष गंगा श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । आइतबार दिउँसो केन्द्रीय कार्यालय तीनकुनेमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले कार्यदल गठन गरेको हो ।

    कार्यदलमा उपाध्यक्ष हिसिला यमी, दुर्गा सोव, महासचिव रमेश यादव र ईश्वर रिजाल सदस्य रहेका छन् । कार्यदलले रिक्त २१ जना केन्द्रीय सदस्यको अद्यावधि गर्ने, जनवर्गीय सङ्गठनभित्र सक्रिय र निष्क्रिय सदस्यहरूको छानबिन गर्न कार्यादेश दिएको छ । बैठकले केन्द्रीय समितिले अनुमोदन गरेका संशोधित मस्यौदा पारित गरेको जनाइएको छ ।

    महाधिवेशनको म्याद एकवर्ष थप्ने केन्द्रीय समिति बैठकको निर्णय अनुमोदन गरेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार