Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • बाबुरामको नेतृत्वमा एकता समायोजन समिति बनाउने नेसपाको निर्णय


    बुधबार, मंसिर ६ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले माओवादी केन्द्रसहित बृहत् समाजवादी केन्द्र निर्माणका लागि अध्यक्ष डा। बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाएको छ ।

    आज भक्तपुरको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्र लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता गर्न समिति बनाउने निर्णय गरेको हो ।

    समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहने छन् । यस्तै बैठकले संगठन निर्माण, सुदृढीकरण गर्न यसअघि सञ्चालन भएको अभियान तीन महिना थपेको छ । वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार