भक्तपुर। नेपाल सन् २०१० मै कुष्ठरोग उन्मुलन देश बन्न सफल भएको थियो । तर कुष्ठरोग उन्मूलन भएको देश घोषणा भएको यति धेरै वर्ष भइसक्दा पनि अहिलेसम्म पनि कुष्ठरोगीहरुमाथि विभेद हुने गरिएको एक कार्यक्रममा बताइयो । यही कारण अहिले पनि कुष्ठरोगीहरु खुलेर नआउने गरेको र उनीहरु लुकाएरै उपचारमा रहने गरेको जनाइएको हो ।
कुष्ठरोग भनेको पूर्वजन्ममा भएको पापका कारण लाग्ने भन्ने अन्धविश्वासलाई अहिलेसम्म चिर्न नसक्दा समाजमा अझैसम्म पनि विभेद रहेको बताइयो । ७१औं विश्व कुष्ठरोग दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले यहाँं गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरकी जनस्वास्थ्य प्रमुख अस्मिता ओझाले यही कारण यो वर्षको नारा कुष्ठरोग सम्वन्धी गलत अवधारणाको अन्त्य गरौं, मर्यादित व्यवहार गरौं भन्ने राखिएको बताइन् । ‘अझैसम्म पनि हामीले कुष्ठरोग भनेको पापका कारण लाग्ने होइन भन्ने अन्धविश्वास हटाउन सकेका छैनौं, कार्यालय प्रमुख औझाले भनिन्, ‘यही कारण अहिले पनि कति कुष्ठरोगीहरु उपचार नै नगरी रोग नै लुकाएर बसेका पनि होलान् ।’
जिल्लामा तीनजना कुष्ठरोगीहरु रहेको तथ्यांक कार्यक्रममा प्रस्तुत गरियो । तीमध्ये दुईजना भक्तपुर नगरपालिका क्षेत्रमा र एकजना मध्यपुर थिमि नगरपालिका क्षेत्रमा रहेको तथ्यांक कार्यक्रममा पेस गरियो । जिल्लामा भक्तपुर र मध्यपुरसहित सूर्यविनायक र चाँंगुनारायण गरी चार वटा नगरपालिकाहरु रहेका छन् । भक्तपुर गाउँंपालिकाविहीन जिल्लो हो ।
कार्यक्रममा सहभागी ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरका प्रमुख डा. रत्नसुन्दर लासिवाले भक्तपुर नगरमा रहेका भनिएका ती कुष्ठरोगीहरु अन्धविश्वासकै कारण अहिले भक्तपुरमा नचिनिएको सुनाए । उनीहरु स्थानीय नभएको पनि उनले बताए । उनीहरु बाहिर जिल्लाका भएको उनले सुनाए । खाली भक्तपुरमा बसेर औषधि लिइरहेको मात्रै भएको उनले बताए । यस अर्थमा भक्तपुर कुष्ठरोगीविहीन जिल्ला भएको उनको भनाई थियो ।
वरिष्ठ कुष्ठ तथा छाला रोग विशेषज्ञ डा रमेश शर्माका अनुसार छालामा लाटो, फुस्रो दाग देखिने, स्नायु (नशा) सुन्निने, छालामा नदुख्ने, नचिलाउने गिर्खा देखा पर्ने, हात गोडा झमझम गर्ने, हात गोडा लाटो हुने, पोलेको थाहा नहुने, शरीरमा दुख्ने, पोल्ने, सुन्निएको रातो दाग देखा पर्ने, शरीरमा रातो, दुख्ने गिर्खा देखा पर्ने साथै ज्वरो आउने, जोर्नी दुख्ने, हात गोडा लुलो तथा बाङ्गो हुने, आँखा पूरा बन्द गर्न नसक्ने आदि यस रोगका लक्षणहरू हुन् ।
कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्रे नामक किटाणुले गराउने एक प्रकारको कम सर्ने रोग हो । यसले मुख्यगरी छाला, स्नायु (नसा) तथा मांसपेशीमा असर गर्दछ । कतिपय अवस्थामा भने यसले आँखा, कलेजो, मिर्गौला तथा जोर्नीमा पनि असर गर्ने र ज्वरो आउने हुने गर्दछ ।
कुष्ठरोग पनि क्षयरोग जस्तै खोकी, हाछ्युँद्वारा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । तर क्षयरोगको भन्दा कुष्ठरोगको किटाणु धेरै कमजोर हुने हुनाले कुष्ठरोग संक्रमित व्यक्तिसँगको लामो सम्पर्क (प्रतिहप्ता २० घन्टा बढी) बाट यो रोग सर्न सक्ने जनाइएको छ । उपचार सुरू गरिसकेपछि भने कुष्ठरोग सङ्क्रमितबाट अर्को व्यक्तिमा यो रोग सर्दैन ।
त्यस्तै नेपालबाट निकट भविष्यमा कुष्ठरोगको पूर्ण उन्मुलन चुनौतीपूर्ण रहेको चिकित्सकहरू बताउँछन् । प्रति दस हजारमा एकजना मात्रै कुष्ठरोगी भएमा त्यो देश पूर्ण उन्मूलन देश मानिन्छ ।
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएकी छन् । राष्ट्रिय सभाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend