काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगन हमाल र अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई एक सहायक प्रहरी निरीक्षक(असई)ले कुटपिट गरेका छन् । शुक्रबार अध्यागमन अधिकृत मोक्तानमाथि विमानस्थलमा कार्यरत असई संजय तामाङसहितका ४ जना प्रहरीले एक्कासी हातपात गरेका थिए ।
प्रहरीले विनाकारण आक्रमण गरेको बिषयमा उनले कार्यालय प्रमुख गोगन हमाललाई गुनासो गरेका थिए । सीसीटीभी फुटेज हेर्दा अधिकृतलाई विना गल्ती कुटपिट गरिएको भेटिएपछि कार्यालय प्रमुख हमालले असई तामाङलाई आक्रमण किन गरेको भनेर प्रश्न गरेका थिए । बिनाकारण अधिकृत मोक्तानलाई कुटपिट गरेको बिषयमा सोध्दा असई तामाङले उल्टै कार्यालय प्रमुख हमाललाई नै हातपात गरेका थिए ।
पछिल्लो समयमा विमानस्थल अध्यागमन र प्रहरीबीच भिजिट भिसामा यात्रु पठाएको बिषयले विवाद बढ्दै गएको छ । प्रहरीले भिजिट भिसामा कर्मचारीकै सेटिङमा बैदेशिक रोजगारीमा जाने गरेको आरोप लगाउँदैआएको छ । भिजिट भिसामा सेटिङ गर्ने अध्यागमन अधिकृत नरवीर खड्का पक्राृउ परिसकेका छन् । मुख्य सेटिङमा संलग्न अधिकृत विमल पौडेललाई भने प्रहरीले पक्राउ गर्नसकेको छैन ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend