Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ


    आइतबार, माघ ७ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट करिब आधा किलो सुनसहित एकजना पक्राउ परेका छन् । झापा स्थायी ठेगाना भएका खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

    कतारको दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिए ।

    बरामद भएको केही सुन अर्धठोस अवस्थामा समेत छ । अहिले भन्सारमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार