काठमाडौं । नेपालको गैरबासिन्दाले नेपाली उपभोक्ताका लागि विद्युतीय सेवा दिएबापत विभिन्न सामाजिक सञ्जालसँग सम्बन्धित कम्पनी तथा विद्युतीय सेवा कम्पनीले डिजिटल सर्भिस ट्याक्सबापत १ करोड ६१ लाख र करबापत १२ करोड ७७ लाख रुपैयाँ कर बुझाएका छन् ।
गुगल, मेटा, एमाजोन, माइक्रोसफ्ट, नेटफ्लिक्स, लिंकडिन, जोहोलगायतले सो कर बुझाएका हुन् । टिकटक गत भदौदेखि ठुला करदाता कार्यालयमा दर्ता भएको भए पनि नेपालमा ब्यान्ड भएकाले सोको भ्याट नउठेको र सो कम्पनीको कर स्थगन अवस्थामा रहेको छ ।
आर्थिक वर्ष २०७९/८० देखि लागू गरेको विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स(डीएसटी)बापत गतअसोजसम्ममा १ करोड ६१ लाख रुपैयाँ बुझाएको ठुलो करदाता कार्यालयले जनाएको छ । ठुलो करदाता कार्यालयका प्रमुख कर प्रशासक जनकराज शर्माका अनुसार हालसम्म नेपालमा विद्युतीय सेवासम्बन्धी कारोबार गर्ने १३ वटा कम्पनीले सो कर तिरेका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend