काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० मा लक्ष्यअनुसार राजस्व उठाउन सरकारलाई हम्मे पर्ने निश्चित जस्तै देखिएको छ । आवको ८ महीना बित्न लाग्दा २६ फागुनसम्म सरकारले ५ खर्ब ६७ अर्ब रुपैयाँमात्रै राजस्व उठाएको छ ।
सरकारले अहिलेसम्ममा उठाएको वार्षिक लक्ष्यको ४१ प्रतिशत राजस्व पुसभित्रै संकलन हुनुपर्थ्यो । पुससम्मको लक्ष्य फागुनसम्ममा मुश्किलले प्राप्त गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ ।
गत आव २०७८ /७९ को यही अवधिमा सरकारले ६ खर्ब ७५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । यो वार्षिक लक्ष्यको ५७ दशमलव २२ प्रतिशत थियो । आव २०७७/७८ को यही अवधिमा ५ खर्ब ६६ अर्ब रुपैयाँ (वार्षिक लक्ष्यको ५६ दशमलव शून्य ३ प्रतिशत) राजस्व उठेको थियो । आव २०७६र७७ को फागुनसम्ममा वार्षिक लक्ष्यको ५० प्रतिशतभन्दा बढी राजस्व उठेको थियो ।
अर्थतन्त्रमा देखिएको संकुचन, कोभिडको दीर्घकालीन प्रभाव, लगानी विस्तार हुन नसक्नुजस्ता कारणले राजस्व संकलन घटेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend