काठमाडौं । बैंकहरुको नियमन र अनुगमन गर्ने आधिकारिक निकाय केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक निदाएर बस्दा बैंक तथा कर्मचारीहरुले गरेका गम्भीर लापर्बाही पनि सामान्य भएका छन् ।
सहकारी विभागका कर्मचारीहरुले साधारणसभामा खामबन्दी बुझेर अनुगमन गर्दा अहिले देशभरका ३४ हजार सहकारी र त्यसका सदस्य बनेर निक्षेप जम्मा गरेका बचतकर्ताहरुमध्ये कतिपयको निक्षेप जोखिममा छ भने धेरैको डुबेको छ । बैंक तथा वित्तीय संस्थाहरु यसरी नै अर्बपति बनिरहेका छन् भने ऋणीहरु डुबिरहेको अवस्था छ ।
नेपाल सरकारको मातहतको एक संस्थाले ८ करोड रुपैया ब्याजमा लगाउँदा सार्वजनिक गरेको सूचनामा अंकमा ७.८१ र अक्षरमा सात दशमलव एक आठ प्रतिशत लेखेर आठ करोड रुपैयाँको एक वर्षको ब्याजमा ५ लाख ४ हजार फरक पारेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा रहेको लगानीकर्ता संरक्षण कोषको सचिवालय त्रिपुरेश्वर काठमाडौंबाट प्रकाशित सूचना अनुसार ८ करोड रुपैयाँ मुद्दति निक्षेपमा राख्ने प्रस्तावमा बोलपत्रको माध्यमबाट प्रतिस्पर्धामा कुमारी बैंक लिमिटेडसँग सम्झौता भएको उल्लेख छ । तर, कम्पनी रजिष्ट्रार दीपककुमार पहाडीद्वारा हस्ताक्षरित सूचनामा भने अक्षर र अंकमा फरक फरक लेखेर के गर्न खोजिएको हो बुझ्न सकिएको छैन ।
कानूनी प्रक्रियामा अक्षर र अंकमा फरक हुन गएमा अक्षरको मान्यता हुने सर्वोच्च अदालत बार एशोसिएसनका सदस्य अधिवक्ता धनञ्जय खनाल बताउँछन् । यसरी ८ करोड रुपैयाँ निक्षेपमा राख्दा नै ५ लाख ४ हजार रुपैया नोक्सानीमा पार्ने अधिकारीहरुलाई के कारबाही हुन सक्छ भन्ने विषयमा अधिवक्ता खनाल भन्छन् यसमा सम्बन्धित कर्मचारीलाई ठगीमा कारबाही हुनसक्छ । किनकि कर्मचारीले आफूलाई फाइदा हुनेगरी दोहोरो ब्याख्या गर्न खोजेको बुझिन्छ ।
सरकारी कर्मचारीले गरेको गलत कामले आम सेवाग्राहीहरुले भुक्तमान पाएका हुन्छन् तर, कानूनमा कुनै व्यवस्था नभएका कारण उम्किदै आएका छन् । यो सूचनाका कारण कुमारी बैंक लिमिटेडलाई परेको उक्त बोलपत्रमा कति ब्याज स्वीकार गरिएको हो ? स्पष्ट हुन सकिरहेको छैन । यस विषयमा कुमारी बैंकका सूचना अधिकारी मुकुन्द सुबेदीसँग सम्पर्क गर्दा उनले भने यो ‘टेक्निकल इरर’ पनि हुनसक्छ म हेरेर कल ब्याक गर्छु ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend