काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीहरूको वार्षिक विवरण अभिलेखनसम्बन्धी प्रमाणपत्र अब स्वचालित रूपमा उपलब्ध हुने नयाँ प्रणालीको सुरुवात गरेको छ । कार्यालयले २०८१ साल साउन ११ गतेदेखि लागू हुने गरी यो व्यवस्था सञ्चालनमा ल्याएको हो ।
यस नयाँ व्यवस्थाअनुसार अबदेखि कम्पनीहरूले आफ्नो वार्षिक विवरण अनलाइन प्रणालीमार्फत (CAMIS) पेश गरेपछि आवश्यक दस्तावेजहरू सही ढंगले अपलोड भएमा प्रमाणपत्र स्वतः प्रणालीबाट प्राप्त हुनेछ। यसअघि कम्पनीहरूलाई उक्त प्रमाणपत्रका लागि छुट्टै निवेदन दिनुपर्ने झन्झट थियो, जुन अब हटाइएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार, अब सेवाग्राहीहरूले वेबसाइटमार्फत आफ्नो विवरण अद्यावधिक गरी प्रमाणपत्र सजिलै प्राप्त गर्न सक्नेछन्। यसले सेवा प्रवाहलाई सरल, पारदर्शी र छरितो बनाउने अपेक्षा गरिएको छ। कार्यालयले जानकारी दिएको अनुसार, जरिवाना तथा दस्तुर बुझाएपछि, विवरणको मस्यौदा परीक्षण गरी अन्तिम रूपमा पेश गर्ने प्रक्रिया पूरा गरेपछि प्रमाणपत्र प्रणालीबाट आफैं डाउनलोड गर्न सकिनेछ।
नयाँ प्रविधि प्रयोग गर्दा सेवाग्राहीले थप सहजता महसुस गर्ने विश्वास गरिएको छ। त्यस्तै, विवरणमा कुनै त्रुटि देखिएमा पुनः सम्पादन गरी आवेदन दिन सकिने व्यवस्था पनि उपलब्ध गराइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको यो कार्यालयले डिजिटल रूपान्तरणतर्फको महत्वपूर्ण पाइला स्वरूप यस प्रणालीलाई लिएको बताएको छ। कार्यालयले सम्पूर्ण कम्पनी प्रतिनिधिहरूलाई समयमै विवरण अद्यावधिक गर्न तथा प्रणाली प्रयोग गर्न आग्रहसमेत गरेको छ।
जानकारी लिन र निर्धारित प्रक्रिया पालना गर्न अनुरोध गरेको छ ।
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend