Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माघ १५ गतेदेखि त्रिविले ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने


    मंगलबार, माघ २ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले अब ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको छ।

    त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने सेवालाई यही माघ १५ गतेदेखि अनलाइनबाट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो।

    ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाण पत्र, पुनर्योग, प्रतिलिपी जस्ता सेवा अब अनलाइनबाटै लिन सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

    माघ १० गते यसबारे विस्तृत जानकारी www.tuexam.edu.np मा प्रविष्ट गरिने कार्यालयले जनाएको छ।

    यस्तो छ सूचना:

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार