काठमाडौं । नेपाल प्रहरीले आधा दर्जन जिल्लाका प्रहरी उपरीक्षक (एसपी) सरुवा गर्ने तयारी गरेको छ । १७ भन्दा बढी जिल्लाका एसपीको कार्यकाल १ बर्ष पुगेकाले सरुवा हुन लागेको हो । धनकुटा, मोरङ, झापा, सिरहा, महोत्तरी, पर्सा, चितवन, सिन्धुपाल्चोक, धादिङ जिल्लाका एसपीको एक बर्ष अवधि पुगिसकेको छ ।
त्यस्तै, तनहुँ, रुपन्देही, बागलुङ, स्याङ्जा, पाल्पा, बार्दिया, कन्चनपुर, पश्चिम नवलपरासीका एसपीको पनि एक बर्ष पुगेको छ । नेपाल प्रहरीमा सामान्यतया एक बर्षमा इन्चार्ज सरुवा हुने गर्दछन् ।
पर्सा, झापा र रुपन्देहीको लागि एसपीहरुको चर्को दौडधूप चलेको छ । पर्साको एसपीका लागि नवराज कार्की र कुमोध ढुंगेलको टक्कर छ । ढुंगेललाई पर्साको एसपी बनाउने बचन गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालय चलाउने सुशन कर्माचार्यले दिइसकेकी छन् ।
कार्की पनि नारायणकाजीको सचिवालयकै सदस्य मार्फत् लबिङमा छन् । डीआईजी सरुवामा यज्ञविनोद पोखरेललाई सबैभन्दा आकर्षक मधेश प्रदेशमा पठाउन सफल भएकी सुशनले अब पर्सामा पनि ढुंगेललाई एसपीका रुपमा पठाउन निकै जोडबल गरिरहेकी छन् ।
रुपन्देहीको एसपीका लागि दयानिधि ज्ञवाली, चक्रराज जोशी, गौतम केसी, सन्तोष खड्का, रमेश पण्डित लागिपरेका छन् । पण्डितले शक्तिकेन्द्रबाट दबाब दिए पनि केही महिनाअघि मात्र नुवाकोटको इन्चार्जबाट सरुवा भएकाले उनको संभावना क्षीणा रहेको बताइन्छ । एसपी बढुवामा एक नम्बरमै परेका गौतम केसी लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री रोज राणामार्फत् रुपन्देही जाने प्रयासमा छन् । कुमोध ढुंगेल पर्सा नपाए रुपन्देही जाने कोसिसमा छन् ।
झापाको एसपीमा मिलन केसी र बसुन्धरा खड्का लागेका छन् । चितवनका लागि शालिग्राम शर्मा पौडेल र भावेश रिमालले आ आफ्नो च्यानल प्रयोग गरिरहेका छन् । पौडेलले चितवनको डीएसपीको रुपमा काम गरिसकेका छन् ।
मोरङमा बसिसकेका सन्तोष खड्का रुपन्देही नभए काभ्रेको एसपी हुने दाउमा छन् ।
कांंग्रेस नेता डा. शेखर कोइरालालाई भनसुन गरी मोरङमा एसपी भएका र बीचमै तानिएका शान्तिराज कोइराला सिन्धुपाल्चोकको एसपी हुन सुशन कर्माचार्यकैमा स्रोतले बताएको छ । सिन्धुपाल्चोकको एसपीका लागि वीरेन्द्र शाही र माधव बुढाथोकीको नाम पनि आएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend