Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर


    सोमबार, पुष २३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। डिभिजन वन कार्यालय, मकवानपुरका वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

    उनले एक करोड २५ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अख्तियारले जनाएको छ । २०४६ साल जेठदेखि सार्वजनिक पदमा पुगेका उनले यो अवधिमा ८१ लाख ८६ हजार रुपैयाँ मात्रै आर्जन गरेको तर दुई करोड ७ लाख रुपैयाँको सम्पत्ति भेटिएको अख्तियारको दाबी छ।

    अख्तियारले सम्पत्ति लुकाएको आरोपमा उनकी श्रीमती गीता पौडेल कोइरालाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार