Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्लाहीको बरहथवामा फेरि कर्फ्यु


    आइतबार, पुष २२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा पुन: कर्फ्यु आदेश जारी गरिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आज (आइतबार) दिउँसो पौने १ बजेदेखि भोलि बिहान ८ बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेका हुन् ।

    गएको शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । त्यसपछि पनि सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो । कर्फ्युपछि शनिबार बिहान ८ बजेदेखि २४ घण्टाका निम्ति निषेधाज्ञा जारी गरिएको थियो ।

    बरहथवा घटना : मृतकको शव अझै घटनास्थलमै, यस्तो छ स्थानीयको माग

    “…सम्भावित जोखिमलाई मध्यनजर गर्दै मिति २०८०/०९/२२ गते दिउँसो १२ः४५ बजेदेखि मिति २०८०/०९/२३ गते बिहान ८ः०० बजेसम्म कुनै किसिमको भेला हुन, बाहिर आवतजावत गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को १ (क) (ख) र दफा ६ को (२) (३) (४) बमोजिम देहायको क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरिएको छ,” आदेशमा उल्लेख छ, “आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ ।”

    आदेश पढ्नोस्–

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार