Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिरहामा पराल हालेर जलाएको अवस्थामा युवकको शव फेला


    शुक्रबार, पुष १३ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिरहामा पराल हालेर जलाएको अवस्थामा एक युवकको शव फेला परेको छ । आज धनगढीमाई नगरपालिका-६ स्थित गागन खोलामा जलाएको अवस्थामा अन्दाजी २६ वर्षीय युवकको शव फेला परेको हो ।

    पराल झारपातले शव जलाउन खेजिएको जस्तो देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको छ ।

    घटनास्थलको प्रकृति हेर्दा हत्या गरेर हतारहतार जलाउने खोजेको जस्तो देखिएको प्रहरीले जनाएको छ। घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार