Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • ताप्लेजुङमा दुई जनाको शव फेला


    सोमबार, चैत्र २० २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ताप्लेजुङमा दुई पुरुषको शव फेला परेको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र सिरिजङ्घा गाउँपालिकामा गरी दु्ई जनाको शव फेला परेको हो ।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार सिरिजङ्घा गाउँपालिकास्थित काबेली खोला किनारमा रौतहट, चन्द्रपुर नगरपालिका–१ का ३६ वर्षीय विशाल थापाको शव भेटिएको हो ।

    सोमबार बिहान खोला किनारमा मृत फेला परेका थापा काबेली–३ जलविद्युत जलविद्युत आयोजनाको एक्स्काभेटर चालक भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

    यस्तै, फुङ्लिङ नगरपालिका–२ देवलिङ्गेका ३४ वर्षीय कुमार बिक नजिककै सिम्ले सडक खण्डमा मृत भेटिएका प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार