Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अस्पतालको पानी ट्याङ्कीमा बालकको शव भेटिएपछि…


    शनिबार, असार १६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दिपायल । डोटीमा निर्माणाधीन अस्पतालको पानी ट्याङ्कीमा बालकको शव फेला परेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ गैराका ८ वर्षीय बालक दिपेश मलासीको शव भेटिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार निर्माणाधीन प्रादेशिक सरुवा अस्पतालको रिजर्व ट्याङ्कीमा बालकको शव भेटिएको हो । शुक्रबार गाई गोरु चराउन गएका मलासी अबेरसम्म घर नफर्किएपछि उनको खोजीकार्य थालिएको थियो ।

    खोजी गर्ने क्रममा बालकको शव अस्पतालको रिजर्व ट्याङ्कीमा भेटिएको थियो ।

    यस घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार