Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालकुमारी घटनाबारे मन्त्री ज्वालाले भने- प्रदर्शनकारीले मलाई निकालेर गाडीमा आगो लगाए


    शुक्रबार, पुष १३ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आफूलाई निकालेर ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले गाडीमा आगो लगाइदिएको बताएका छन्।

    रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आज आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्। बालकुमारी क्षेत्र अहिले तनावग्रस्त बनेको छ

    ‘म बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिएँ। हतारमा पनि थिएँ। बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ! मलाई थाहा थिएन। उनीहरू आन्दोलन गरिरहेका थिए। प्रहरीसँग पनि तनाबकै अवस्था रहेछ। हाम्रो गाडीलाई बीचमा पारिहाले। निशानामा हामी पर्‍यौं। उनीहरूले पहिले हावा खुस्काए। धकेलाधकेल गर्न थाले। मैले केही मेसै पाइनँ,’ उनले भने।

    आफूसहित दुई जना पिएसओ र चालक सकुशल निस्किए पनि मन्त्रालयका कागजात जलाएको उनले बताए।

    ‘हामी त कसोकसो उम्कियौं। ल्यापटप, मन्त्रालयसँग सम्बन्धित कागजात केही निकाल्न पाइएन। सबै त्यहीँ पर्‍यो। हामी भीडबाट सकुशल उम्कियौं। गाडीचाहिँ पूरै आगो लगाएका छन्। त्यहाँ अहिले पनि तनाबकै अवस्था छ,’ उनले भने।

    अहिले प्रहरी टोली घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । उक्त स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार