काठमाडौँ । ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार र संलग्नता नरहेको दाबी गरेका छन् । ईपीएस परीक्षामा सहभागी हुन नपाएका युवाहरुले आज मन्त्री ज्वालाको गाडी रोकेर आगो लगाएका थिए ।
त्यसपछि प्रहरीले त्यहाँको माहोल शान्त बनाउन चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो । एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले घटनाप्रति दुःख व्यक्त गर्दै नहुनुपर्ने घटना भएको बताए ।
‘यो घटनामा मेरो र मेरो मन्त्रालयको कुनै सरोकार र सम्बन्ध छैन’, मन्त्री ज्वालाले भने, ‘बालकुमारी क्षेत्रमा जुन घटना भयो र हाम्रो गाडीमा समेत आगजनी भयो यसमा दुख व्यक्त गर्छु ।’ उनले मानिसको ज्यान जाने र घाइते हुने कुरा अत्यन्त दुःखद रहेको भन्दै घटनाका सम्बन्धमा आफ्नो मन्त्रालयको कुनै साइनो र सम्बन्ध नरहेको बताए ।
‘ गुडिरहेको गाडी रोकियो, हावा खुस्काइयो र जलाइयो । विना कारण, विना सम्बन्ध । जो र जसको सरोकार थियो त्यो एउटा विषय होला हाम्रो गाडीमा आगजनी गर्नुपर्ने कारण थिएन, सरकारी सम्पत्तिमा क्षति पुर्याउने कुरा खेदजनक छ’, मन्त्री ज्वालाले भने।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend