Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पशुपतिबाट अपहरणमा परेकी दुई वर्षीया बालिका भक्तपुरमा भेटिइन्


    बिहिबार, पुष १२ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको गौशालास्थित पशुपति मन्दिर परिसरबाट दुई दिनअघि अपहरणमा परेकी दुई वर्षीया बालिका भक्तपुरमा फेला परेकी छिन् ।

    मंगलबार साँझ पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट अपहरणमा परेकी बलिकालाई प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाट उद्धार गरेको हो ।

    प्रहरीले उक्त अपहरणमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार बालिकाका अभिभावक पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन् । पीडित परिवारले चिया खान आएकाहरूले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार