दाङ । दाङमा अपहरणपछि बन्धक बनाई कुटपिट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका-१३ सेवारका ४१ वर्षीय जीतबहादुर बिकलाई आइतबार राति अपहरण गरी कुटपिट गरिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घोराही १९ का ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्ती मगर, ३४ वर्षीय खिमबहादुर घर्ती मगर र दुई जना नाबालिग रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए ।
डिएसपी गौतमका अनुसार गत आइतबार राति विकलाई अपहरण गरी रा१ह ४१३१ नम्बरको अटो रिक्सामा राखेर घोराही १९ थकालीकोटस्थित दीपक सुनारको खाली घरमा पुर्याएको थियो । त्यहाँ उनलाई कुटपिट गरी घाइते बनाएको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ ।
घाइते विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
पक्राउ परेहरुले घाइते विकले पैसा चोरी गरेको आरोपमा अपहरण शैलीमा बन्धक बनाई कुटपिट गरेको प्रहरी समक्ष बताएका छन् ।
डीएसपी गौतमले पक्राउ परेकाविरुद्ध अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योगमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको बताए ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend