Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • चूडामणि शर्माविरुद्ध सर्वोच्च पुग्यो अख्तियार


    बुधबार, पुष ११ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। आन्तरिक राजस्व विभागका तत्कालीन निलम्बित महानिर्देशक चूडामणि शर्मा लगायतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

    सर्वोच्चमा आइतबार पुनरावेदनको निवेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए । विशेष अदालतले चूडामणि शर्माले भ्रष्टाचार गरेको भन्ने आयोगको दाबीमा ‘दाबी नपुग्ने’ ठहर गरेको थियो ।

    चूडामणि शर्मा र उनकी श्रीमती कल्पना उप्रेती शर्माका बारेमा विशेष अदालतले गत जेठ १८ गते गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने आयोगको ‘दाबी नपुग्ने’ ठहर गरेको थियो ।

    एक अर्ब विगो दाबी परेका चूडामणि शर्मासँग विशेषले माग्यो ५० लाख धरौटी

    तर, आयोगले विशेष अदालतको सो फैसलामा चित्त नबुझेको भन्दै विभिन्न जिकिर लिँदै सर्वोच्चमा पुनरावेदन गरेको छ ।

    आयोगका अनुसार चूडामणि शर्माको जाँच अवधिको समग्र व्यय ७ करोड १५ लाख ७३ हजार ३८ रुपैयाँ र आय ३ करोड ७० लाख ४० हजार ६ सय ८१ रुपैयाँ १५ पैसा देखिएको छ ।

    यस अर्थमा शर्माले ३ करोड ४५ लाख ३२ हजार ३५६ रुपैयाँ ८५ पैसा बराबरको रकमको स्रोत पुष्टि गर्न नसकेको आयोगको दाबी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार