Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा थप ११६ जनामा कोरोना संक्रमण, ३ जनाको ज्यान गयो


    मंगलबार, पुष १० २०८०
    865
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नयाँ दिल्ली । छिमेकी मूलुक भारतमा पछिल्लो समय कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको छ। संक्रमण दर बढेसँग मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घण्टामा थप ११६ जनामा संक्रमण पुष्टि भएको छ भने तीनजनाको मृत्यु भएको भारतीय मिडियामा समाचार छ।

    मंगलबार थपिएका नयाँ संक्रमितसहित कोरोना संक्रमितको संख्या ४ हजार १७० पुगेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९३ जना कोरोनामुक्त भएका छन्।

    यो अवधिमा कोरोनाको नयाँ भेरियन्ट JN.1 को बिरामी भने फेला परेका छैनन्। तर, भारतमा नयाँ भेरियन्ट JN.1 तीव्र रुपमा फैलिरहेको बताइएको छ।

    डिसेम्बर २५ को तथ्यांकअनुसार हाल देशमा नयाँ भेरियन्ट JN.1का बिरामीको संख्या ६६ रहेको छ। नयाँ भेरियन्ट JN.1 का बिरामी सबैभन्दा बढी पर्यटकीय स्थल गोवामा रहेका छन्। त्यहाँ ३४ जनामा नयाँ भेरियन्ट देखिएको पुष्टि भएको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार