Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिनियाँ नेता माओ त्से तुङको जन्मजयन्ती मनाउन माओवादीको निर्देशन


    सोमबार, पुष ९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले चिनियाँ नेता माओ त्से तुङको जन्मजयन्ती मनाउन पार्टी कमिटीहरुलाई निर्देशन दिएको छ । महासचिव देव गुरुङले आज एक विज्ञप्ति जारी गर्दै माओको १३१ औँ जन्मजयन्ती भोलि मनाउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएका हुन्।

    आआफ्नो सापेक्षतामा माओ दिवस कार्यक्रम आयोजना गर्न विज्ञप्तिमा उल्लेख छ। माओ त्से तुङको नेतृत्वमा चीनमा कम्युनिष्ट शासन स्थापना भएको थियो।

    मार्क्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको सिद्धान्तलाई माओवादको नामले चिनिन्छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार