काठमाडौं । रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रले तीन हजार १६८ वटा अस्थायी टहरा बनाएको दाबी गरेको छ । माओवादीका जिल्ला संयोजक गोविन्द रोक्काका अनुसार पालिकाहरूबाट प्राप्त विवरण अनुसार जिल्लाभर हालसम्म सो मात्रामा आवास निर्माण भएका हुन् ।
प्राप्त विवरण अनुसार आठबिसकोट नगरपालिकामा एक हजार ३०५, सानोभेरी गाउँपालिकामा ८५४, चौरजहारी नगरपालिकामा ६०७, मुसिकोट नगरपालिकामा २४, त्रिवेणी गाउँपालिकामा ३०७, बाँफिकोट गाउँपालिकामा ७१ वटा अस्थायी आवासहरू निर्माण भएका छन् ।
सबैभन्दा बढी क्षति भएका आठबिसकोट, सानोभेरी र चौरजहारी नगरपालिका हुन् । यहाँ माओवादीका उपमहासचिव जनार्दन शर्माको नेतृत्वमा सिङ्गो जिल्ला पार्टी नै भोलेन्टियरको रूपमा खटिएको छ । शर्माले ३ हजार बढी भोलेन्टियरको कमान्ड गरी आफैँ पनि आवास निर्माणमा खटिएका छन् ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend