काठमाडौं । रोजगारीका लागि कतार पुगेका झापा कन्काई नगरपालिका–४ त्रिवेणी टोलका सुभाष राउत आफ्नै कोठामा बस्ने साथीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाएको तीन वर्षपछि नेपाल फर्किएका छन् । उनी २० लाख रुपैयाँ ब्लडमनी तिरेर नेपाल फर्किएका हुन् ।
राउतलाई कतारको अदालतले तीन वर्ष पहिले आफ्नै कोठामा बस्ने खोटाङको ऐसेलुखर्क महेश्वरी गाउँका लामाकाजी राईको हत्या आरोपमा पक्राउ गरी मृत्युदण्डको फैसला सुनाएको थियो । सो घटनामा आफू निर्दोष रहेको उनको जिकिर थियो । तर, त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएपछि स्वीकार्नुबाहेक अर्को कुनै विकल्प थिएन ।
त्यसपछि उनको परिवारले हारगुहार गर्दै देशविदेशमा बस्ने नेपालीबाट ब्लडमनी संकलन अभियान सञ्चालन गरेको थियो ।
‘उनलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएपछि ब्लडमनी संकलन मृतक राईको परिवारलाई बुझाएपछि उनी केही दिनअघि नेपाल आइपुगेको कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । ‘सुरुमा परिवारले ९० लाख रुपैयाँ ब्लडमनीबापतको पैसा मागेको रहेछ,’ नगर प्रमुख पोखरेलले राजधानीसँग भने, ‘पछि परिवारसँग समन्वय गरी २० लाख रुपैयाँ बुझाएर नेपाल फर्काउन सफल भयौं ।’
आफ्नै कोठामा बस्ने साथीको हत्या अभियोगमा तीन वर्षदेखि मृत्युदण्ड कुरेर बसेका उनी साथीभाइ र छरछिमेकीको सहयोगमा अन्ततः नेपाल फर्किएका हुन् । हत्या हुने र आरोपी दुवै नेपाली भएकाले ब्लडमनी तिरेर नेपाल फर्काउन सहज भएको हो । यो समाचार राजधानी दैनिकमा छ ।
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । लेनदेनको विषय नमिल्दा बाँकेको नौबस्ता कारागार १७ गते शनिवार रणभूमिमा परिणत भएको छ । दर्जनौं कैदी घाइते भएका छन् केहीलाई अस्पतालमा लगिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend