काठमाडौं । अति विशिष्ट पदाधिकारीको निवास, कार्यालय वा मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरुमा भेला भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू आयोजना गर्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजैदेखि लागू हुनेगरी ती ठाउँहरुमा भेला, बिरोध प्रदर्शन गर्न निषेध गरेको छ । विशिष्ट पदाधिकारीको निवास, कार्यालय वा मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरुमा भेला भई बिरोध प्रदर्शन, अनसनका कार्यक्रमले विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त हुने संभावना भएको र त्यसले शान्तिसुरक्षा भंग हुन सक्ने तथा हुलदंगा वा अशान्ति हुने उल्लेख गर्दै निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
जिल्ला प्रशासन कार्र्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ–‘नागरिकको सेवा प्रवाहका लागि प्रयोग हुने मुख्य मार्गमा अवस्थित सार्वजनिक सेवा प्रदायक निकाय एवम् महत्वपूर्ण प्रतिष्ठानहरूको कामकारवाही, सार्वजनिक सम्पत्ति संरक्षण एवम् सुरक्षा र एम्बुलेन्स, दमकल अस्पताल, खानेपानी लगायतका अत्यावश्यक सेवा तथा सेवा प्रवाहका लागि प्रयोग हुने मुख्य आवागमन मार्ग, अत्यावश्यक आपूर्ति व्यवस्थापनसँग सम्बन्धित दुई वा सो भन्दा बढी जिल्ला जोड्ने राजमार्ग र सार्वजनिक यातायात अवरूद्ध हुने अवस्था समेतलाई मध्यनजर गरी जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम देहायको क्षेत्रमा मिति २०८० पुस ४ देखि बढीमा २ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, घेराउ, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ ।’
कहाँ कहाँ गरियो निषेधित क्षेत्र घोषणा ?
(क) शितल निवास (राष्ट्रपति कार्यालय) को निषेधित क्षेत्रः पूर्व पुरानो पवित्र वर्कशप चोक, पश्चिम सामाखुसी निस्कने नाला उत्तर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेट, दक्षिण प्रहरी अस्पताल जाने मोडसम्म ।
(ख) प्रधानमन्त्री निवास वालुवाटारको निषेधित क्षेत्रः पुरानो पवित्र वर्कशप चोकबाट रसियन राजदूतावास हुँदै ईटालीया चोक, सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटर, प्रधान न्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिम, राष्ट्रबैंक चोकबाट पूर्वतर्फ १०० मिटर, इटालीया चोकबाट ५० मिटर दक्षिणसम्म ।
(ग) संसद भवन नयाँ बानेश्वरको निषेधित क्षेत्रः संसद भवन र परिसर दक्षिणतर्फको पेटीसँग जोडिएको सर्भिस ट्र्याकसम्मको भाग, संसद भवनको पश्चिमतर्फको थापागाउँ जाने बाटोको दक्षिण किनारादेखि नयाँ बानेश्वर चोकसम्मको सम्पूर्ण सडक खण्ड, संसद भवनको दक्षिण पूर्वी किनाराको सर्भिस ट्र्याक हुँदै नयाँ बानेश्वर चोकदेखि ७५ मिटर पश्चिमसम्मको सर्भिस ट्र्याकसम्म ।
(घ) सिंहदरबारको निषेधित क्षेत्रः भद्रकाली मन्दिर पूर्व तीनकुने आइल्याडको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरवार मूलगेटसम्म, पद्मोदय मोडदेखि सिंहदरवार मूलगेटबाट सर्वोच्च अदालत अगाडी
माइतीघर मण्डलासम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरवारको उत्तरपूर्वी मोड र सो मोडबाट सिंहदरवार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दीरसम्म, माईतीघर मण्डलादेखि सिंहदरवार दक्षिण गेटहुँदै हनुमानस्थान मन्दिरसम्म, बबरमहलस्थित जिल्ला अदालत मोडको प्रवेश मार्गदेखि जिल्ला प्रशासन कार्यालय हुँदै हनुमानस्थान मन्दिर जाने बाटोसम्म ।
(ङ) हरित गृह (उपराष्ट्रपति कार्यालय) को निषेधित क्षेत्रः केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म ।
(च) माइतीघर मण्डलादेखि बानेश्वरचोक सम्मको निषेधित क्षेत्रस्( माईतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म ।
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend