Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


    बुधबार, पुष ४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बुधबार पनि बस्दैछ । पदाधिकारी बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

    मंगलबारको बैठकमा प्रदेशका तर्फबाट रिपोर्टिङ प्रस्तुत गरिएको उनले बताए।

    आजको उक्त बैठकमा विधान अधिवेशन र केन्द्रीय कमिटी बैठकको मिति तय हुने उनले जानकारी दिए।

    ‘विधान अधिवेशन र केन्द्रीय कमिटीको बैठक एकैपटक माघमा गर्ने गरी छलफल भइरहेको छ। आज बस्ने बैठकले यसबारे निर्णय गर्नेछ,’ उनले भने।

    माओवादी केन्द्रले भदौ, असोज र कात्तिक तीन महिनो ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गरेको थियो। त्यसैमा आधारित भएर प्रदेशले रिपोर्टिङ गरिरहेका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार