Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • राष्ट्रियसभा सदस्य निर्वाचन : आज दल दर्ता गर्ने अन्तिम दिन


    शुक्रबार, मंसिर २९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने समय आज सकिँदै छ । निर्वाचन आयोगले माघ ११ गते हुने साे निर्वाचनका लागि दल दर्ताका लागि दिएको समय आज सकिन लागेको हाे ।

    आयाेगले संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने जनाएको छ ।

    आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् । एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी र नेमकिपा, जसपा, लोकपा नाउपा लगायतका दलले दर्ताको निवेदन दिएका छन् ।

    नेपाली कांंग्रेसले आज कार्यसम्पादन समिति बैठकपछि दल दर्ता गर्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार