काठमाडौं । जलवायुबारे डिजिटल नक्सा तयार गरिने, किसानलाई राहत हुने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले देशैभर जलवायुको अवस्थाबारे अध्ययन गरी मानचित्र (डिजिटल नक्सा) तयार गर्ने भएको छ । त्यसका लागि सार्क राष्ट्रका कृषि वैज्ञानिकहरू नेपालमा छलफलमा जुटेका छन् ।
वैज्ञानिकले तयार गर्ने सो नक्सामार्फत एक क्लिकमा आफूले चाहेको ठाउँको जलवायुको अवस्था थाहा पाउन सकिन्छ । यो एक क्लिकले नेपालको मात्र होइन, सार्क राष्ट्रकै जलवायुको अवस्थाबारे जानकारी लिन सकिन्छ ।
जलवायुले धान, गहुँ, मकै, मसुरो, दलहन, तेलहन, तरकारी, माछा तथा फलफूललगायतका बालीमा पारेको प्रभावबारे अध्ययन गरी नक्सा तयार गर्ने छ । कृषि क्षेत्रमा बढ्दै गएको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न यो डिजिटल मानचित्रले भूमिका खेल्ने नार्क अन्तर्गतका राष्ट्रिय कृषि वतावरण अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक अमरबहादुर पुनले बताए ।
यो परियोजना नेपालमा मात्र होइन, सार्कस्तरीय सबै देशमा लागु हुने उनले बताए । अमेरिकाको बिल गेट्स फाउन्डेसनको आर्थिक सहयोगमा भारतको बिसा सिमिटले यो आयोजना सञ्चालन गरेको हो । सार्कस्तरीय एउटा छुट्टै वेबसाइट हुन्छ, जसमा सार्क देशका एउटा डिजिटल नक्सा राखिएका हुन्छ । त्यसबाट पनि आआफ्नो देशको जलवायुको अवस्थाबारे जानकारी लिन सकिन्छ ।
त्यसबाहेक देश अनुसार फरक फरक वेबसाइट हुन्छ, त्यसमा आआफ्नो देशको जलवायुको नक्साङ्कन गरी राखिने उनले जानकारी दिए । त्यो नक्सामा जलवायुको जानकारी मात्र होइन, त्यसको समाधान पनि राखिने उनले बताए । कुनै जिल्लाको एक गाउँको जलवायुको अवस्था कस्तो छ भनी थाहा पाउनलाई नक्सामा क्लिक गरेपछि हुन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड निकासा गरेको छ । मन्त्रालयले बर्डफ्लु...
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend