Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो


    शुक्रबार, मंसिर २२ २०८०
    795
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली सेनाले प्राविधिक अधिकृत पदहरूका लागि भर्ना खुलाएको छ । सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले आज एक सूचना जारी गर्दै प्राड- प्राविधिक र विविध सेवातर्फका अधिकृतको लागि दरखास्त माग गरेको हो ।

    प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट लगायत पदमा भर्ना खुलेको छ । यसैगरी मेकानिकल इन्जिनियर, अटोमोबाइल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, सिभिल इन्जिनियर र कम्प्युटर इन्जिनियर पदमा पनि भर्ना खुलेको छ ।

    समाचार सम्पादकरबाचक, फोटोग्राफर, अर्केष्ट्रा, लाइब्रेरियन र लेखा उपसेनानी पदमा समेत दरखास्त खुलेको छ । दरखास्त पेस गर्ने मिति आज मंसिर २२ गतेदेखि पुस २१ गतेसम्म छ ।

    दोब्बर दस्तुर बुझाएर पुस २२ गतेदेखि २८ गतेसम्म पनि दरखास्त फारम बुझाउन सकिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार