काठमाडौँ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ३.४२ अंकले घटेको छ।
यस दिन नेप्से ०.१८ प्रतिशतले घटेर १८४७.८१ बिन्दुमा बन्द भएको छ।
सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ९६ करोड ४० लाख १० हजार ४३१ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८९४ रूपैयाँ पुगेको छ।
यस दिन २९२ वटा धितोपत्रको ३८ लाख ९६ हजार २८७ कित्ता सेयर किनबेच भएको हो।
सोमबार समाज लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.०६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य १२२ रूपैयाँ पुगेको छ।
यस्तै, एनएमबी डिवेञ्चर ८.५०%–२०८७/८८ को मूल्य ५.९८ प्रतिशतले बढेर प्रति डिवेञ्चर मूल्य ८३१ रूपैयाँ १० पैसा पुगेको छ।
सोमबार दुई वटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा घटेको छ।
यस दिन एनआरएन इन्फ्रास्टक्चर र माउन्टेन इनर्जी को सेयर मूल्य ९.९९ प्रतिशतका दरले घटेको छ।
यी कम्पनीहरूको सेयर मूल्य क्रमशः ३११ रूपैयाँ ७० पैसा र ४७७ रूपैयाँ ६० पैसामा सीमित भएको छ।
सोमबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ३०० रूपैयाँ २० पैसामा ७ करोड ४६ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.७६ प्रतिशतले बढेको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टिलरी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ५९७ रूपैयाँमा ७ करोड ०७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक, वित्त, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमासमूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो।
यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ०.९७ प्रतिशतले बढेको छ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend