काठमाडौँ। आज साताको पहिलो कारोबार आइतबार नेप्से परिसूचक ३५.६७ अंकले घटेको छ। यसदिन नेप्से १.८२ प्रतिशतले घटेर १९२१.२४ बिन्दुमा बन्द भएको छ।
आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब १० करोड ६५ लाख १९ हजार ४१८ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ८० करोड १७ लाख ६६ हजार २९४ रुपैयाँ पुगेको छ।
यस दिन २८९ वटा धितोपत्रको ५८ लाख १५ हजार १३९ कित्ता सेयर किनबेच भएको हो।
आइतबार बाराही हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.५९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको सेयर मूल्य ५५१ रुपैयाँ पैसा पुगेको छ।
यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ग्रोथ स्किम –२ को इकाइ मूल्य ९.४० प्रतिशतले बढेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ५० पैसा पुगेको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा हिमालयन लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ६८० रुपैयाँ ४० पैसामा झरेको छ।
यस्तै, गरिमा डिवेञ्चर २०८५ को मूल्य १० प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ८६४ रुपैयाँ ४० पैसामा सीमित भएको छ।
आइतबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५१९ रुपैयाँ ९० पैसामा ६ करोड ७३ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.८४ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४४५ रुपैयाँमा ५ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend