Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • पृथ्वी राजमार्ग सोमबार दिउँसो ३ घण्टा बन्द रहने


    आइतबार, कार्तिक १६ २०८३
    30
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ।

    जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै बेनीघाट रोराङ गाउँपालिका वडा नं. ९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिएको हो ।

    नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) मुग्लिङ, चितवनलाई उद्धृत गर्दै प्रशासन कार्यालयले सोमबार दिनको ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म उक्त स्थान भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ ।

    सो अवधिभर वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न/गराउन अनुरोध गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार