Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्सेमा २३ अंकको पहिरो


    सोमबार, असोज २९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सोमबार नेप्से परिसूचक ३२.१६ अंकले घटेको छ । कारोबार रकम पनि १ अर्ब २५ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ ।

    नेप्से परिसूचक १८५१.४३ बिन्दुमा झरेको आजको कारोबारमा जम्मा २२ कम्पनीको मात्र शेयरमूल्य बढेको छ । २११ कम्पनीको शेयरमूल्यमा गिरावट आउँदा तीन कम्पनीको मूल्य भने यथावत्‌ छ ।

    आजको कारोबारमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाइ गरेका छन्‌ । यो कम्पनीको शेयरमूल्यमा ७.८७ प्रतिशत वृद्धि हुँदा प्रतिकित्ता शेयरमूल्य ७४० रुपैयाँ पुगेको छ ।

    सयपत्री हाइड्रोपावर लिमिटेडका शेयरधनीले आज शेयरबजारमा सर्वाधिक गुमाएका छन्‌ । यो कम्पनीको कारोबारमा नकारात्मक सर्किट लाग्दा प्रतिकित्ता शेयरमूल्य ५३८.२० रुपैयाँमा झरेको छ । त्यसैगरी हाथवे इन्भेष्टमेन्ट नेपालको शेयरमूल्यमा पनि १० प्रतिशतको गिरावट सहित नकारात्मक सर्किट लागेको छ ।

    सोमबारप्रभु बैंक लिमिटेडको प्रमोटर शेयरको कारोबार सर्वाधिक भएको छ । जसको ६ करोड २४ लाख ७६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार