काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जाजरकोट भूकम्प पीडितहरूका अस्थायी घर/टहरा निर्माण गर्न पार्टीले खटाउने स्वयंसेवकहरूको परिचालन भोलिदेखि हुने बताएका छन् ।
भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेर फर्केका एमाले केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीसँगको छलफलका क्रममा महासचिव पोखरेलले घरबार विहीन भएका जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई सुरक्षित आवासमा सार्न पार्टीका स्वयंमसेवकहरुले भोलिदेखि काम थाल्ने बताएका हुन् ।
‘कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले घरबार विहीन बनेका भूकम्प पिडितहरु खुला आकाशमा कष्टकर जीवन बिताइरहनु भएको छ । राहतका नाममा विभिन्न निकायबाट संकलन भएका राहत सामाग्रीहरु एकद्धार प्रर्णालीबाट वितरण गर्ने भन्दै सदरमुकाममा थन्काउने काम भैरहेको छ,’ महासचिव पोखरेलले भने, ‘भूकम्प पीडितका अस्थायी घर टहरा निर्माण गर्नका लागि पार्टीले परिचालन गर्ने एक हजार स्वयंसेवकमध्ये पार्टीका पोलिटब्युरो सदस्य तथा एमालेको मजदुर संगठन ट्रेटयुनियमन महासंघ (जिफण्ट) का अध्यक्ष विनोद श्रेष्ठ नेतृत्वको एक सय सदस्यीय स्वयमसेवकहरुले भोलि मंसिर १ गतेदेखि जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ थाप्ले, पिपलडाँडा क्षेत्रबाट काम सुरु गर्नेछ ।’
भूकम्प पीडितहरूका लागि राहत वितरणमा वर्तमान सरकारका प्रतिनिधिहरुबाट सत्ता र शक्तिको चरम दुरुपयोग भएको उनले आरोप लगाए ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
गोरखा। जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय ९ईभी०गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend