Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संवैधानिक आयोगबिरुद्ध परेको रिट खारेज भएपछि अन्योल अन्त्य भएको छ : महासचिव पोखरेल


    बिहिबार, असार १९ २०८२
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतले संवैधानिक आयोगका पदाधिकारीबिरुद्धको रिट खारेज नगरी नियुक्ति सदर गरेपछि अन्योल अन्त्य भएको बताएका छन् ।

    सर्वोच्च अदालतले बुधबार राति संवैधानिक नियुक्तिबिरुद्ध परेको रिट खारेज गरेपछि महासचिव पोखरेलले सामाजिक संजालमा अन्यौल अन्त्य भएकाले ती निकायको काममा तिव्रताको अपेक्षा गर्नुपर्ने उल्लेख गरेका छन् ।

    महासचिव पोखरेलले लेखेका छन्–‘संवैधानिक आयोगमा भएको नियुक्तिउपर परेको मुद्दाका कारणले उत्पन्न अन्योल अन्त्य भएको छ । अब ती निकायको काममा तिव्रताको अपेक्षा गरौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार