Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बीपीको शालिक तोडफोडपछि शंकर पोखरेलको प्रश्नः राजावादीले के सन्देश दिंदैछन् ?


    आइतबार, चैत्र २४ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालगंजमा नेपाली कांग्रेसका संस्थापक स्व. वीपी कोइरालाको शालिकमा कालोमोसो दल्नुका साथै तोडफोड गरेका छन् ।

    कांग्रेसभित्रका संवैधानिक राजतन्त्रका पक्षपातीलाई वीपीको शालिक तोडफोड गरी राजावादीले दिन खोजेको सन्देश बुझ्न एमालेका महासचिव शंकर पोखरेलको आग्रह छ ।

    महासचिव पोखरेलले सामाजिक संजालमा लेखेका छन्–राजतन्त्र होइन, राजसंस्था पुनस्र्थापनाको आन्दोलनमा हो राप्रपा भन्नेहरुले नेपालगंजमा बीपीको सालिकमा कालोमोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेछन् । अब आफैं बुझ्नुहोस राजावादीहरु के चाहन्छन् ? आन्दोलनका संयोजक धवलसम्सेरको गृहनगरीबाट दिएको सन्देश हो कांग्रेसभित्रका संवैधानिक राजसंस्थाका हिमायतीहरुलाई ।

    त्यसैले नेपालमा लोकतन्त्र र राजसंस्था सँगै जान सक्दछ भन्नेहरुले बुझ्नुपर्दछ पूर्वराजा ज्ञानेन्द्रको शासन ब्यहोर्नुपरेको भए बीपी पनि गणतन्त्रका पक्षमा उभिनुहुन्थ्यो । किनकि वीपीको समयमा बीपीभन्दा बढी नै संवैधानिक राजसंस्थाका हिमायती हुनुहुन्थ्यो गिरिजाप्रसाद कोइराला ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार