Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मंसिर ११ देखि १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने रास्वपाको निर्णय


    बिहिबार, कार्तिक २३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी मंसिर ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने भएको छ ।

    आज बसेको संसदीय र केन्द्रीय समितिको बैठकपछि प्रवक्ता डा. मुकुल ढकालले यसअघि कात्तिक २२ र २३ गतेका लागि राखिएको बैठक भुकम्पको कारणले रोकिएपछि मंसिरमा राखेको बताएका हुन् ।

    बैठकमा महाधिवेशनको प्रक्रिया, सभापतिको राजनीतिक प्रतिवेदन पेश हुने उनले बताए । यस्तै, मंसिर २ देखि ४ सम्म चुनावपछिको घरदैलो कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार