पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पोखरा विरोध प्रदर्शन शुरु गरेका छन् ।
रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरुले पोखराको चिप्लेढंगास्थित मानवअधिकार चोकमा जम्मा भएर नाराबाजी शुरु गरेका छन् । प्रदर्शनमा रास्वपाका केन्द्रीय नेताहरुदेखि विभिन्न जिल्लाबाट पोखरा पुगेका नेता कार्यकर्ताको उपस्थिति रहेको छ ।
रास्वपाले आज काठमाडौंको माइतिघरमा दिउँसो १ बजे प्रदर्शन गर्न लागेको छ ।
लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले लामिछानेलाई शुक्रबार साँझ बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो ।
रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै विरोध गर्ने बताएको छ । सहकारी ठगी सम्बन्धी छानविन गर्न बनेको संसदीय विशेष समितिले सहकारी ठगीमा संलग्नता नरहेको प्रतिवेदन दिएपछि पनि प्रतिशोध साँधेर पक्राउ गरेको आरोप उनीहरुले लगाएका छन् ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend