Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिन्धुपाल्चोकका ३ स्थानीय तहद्वारा भूकम्प पीडितलाई ३५ लाख सहयोग


    शनिबार, कार्तिक १८ २०८०
    3.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सिन्धुपाल्चोक । जाजरकोट र रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ । भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५७ पुगिसकेको छ भने ३ सय ७५ घाइते भएका छन् ।
    भूकम्पपीडितलाई नेपाली कांग्रेस, एमाले लगायत स्वदेश र विदेशका संघ संस्थाहरुले सहयोग गरिरहेका छन् ।

    यसैक्रममा सिन्धुपाल्चोकका ३ वटा स्थानीय तहले भूकम्प पीडितलाई ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले १५ लाख रुपैयाँ, भोटेकोशी गाउँपालिकाले १० लाख रुपैयाँ र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख रुपैयाँ गरी ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेका हुन् ।

    प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मल्हम लगाउनुपर्छ भन्ने भावले सहयोग गर्ने निर्णय गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए । पीडाको अवस्थामा भूकम्प पिडितहरुलाई हामी सबै तपाईको साथमा छौ भन्ने महसुस गराउन सिन्धुपाल्चोकका ३ वटा स्थानीय तहले भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्जज बोहोराले जानकारी दिए । सहयोग गर्ने यी तिनवटै स्थानिय निकायमा नेपाली काग्रेंसले बिजय हासिल गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार