Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जाजरकोट भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते


    शनिबार, कार्तिक १८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार  भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको ज्यान गएको छ ।

    यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीनरतीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज, काठमाडौँ तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार