काठमाडौं । देशमा आर्थिक मन्दी छ । अत्यावश्यक बाहेकका बिदेश भ्रमणमा सरकारले रोक लगाएको छ । तर, कार्यकाल सकिन लागेका राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालसहितको ५ सदस्यीय टोली सरकारी बजेटमा अमेरिका घुमघाम गरिरहेको छ । यो भ्रमण कुनै उपलब्धीका लागि भन्दा पनि कार्यकाल सकिने बेलामा सदस्य सचिव अर्यालको सरकारी बजेटमा घुम्ने उद्देश्यले मात्र भएको बोर्डकै कर्मचारी बताउँछन् ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याल, शिक्षा मन्त्रालयका सहसचिव भगवान अर्याल र बोर्डकै ट्रेड युनियनका अध्यक्ष नगेन्द्र ढकाल २०८० असोज ४ गते अमेरिकाको सयरमा निस्केका हुन् । उनीहरु अमेरिका घुमघाम सकेर अबको एक सातापछि फर्कदैछन् । बोर्डका सदस्य सचिव अर्याल र मन्त्रालयका सहसचिव भगवान अर्यालले श्रीमतीसमेत लिएर अमेरिका गएका छन् ।
अमेरिकाको परीक्षा प्रणालीका बारेमा अध्ययन गर्न भनेर कागज मिलाएर उनीहरु बोर्डको लाखौं रुपैयाँ खर्च गरी अमेरिका घुम्न गएका हुन् । अमेरिकाको परीक्षा प्रणालीका बारेमा अध्ययन गर्न अमेरिकी सरकारी निकायले बोलाएको हुनुपर्छ । तर अमेरिकाको कुनै पनि सरकारी निकायले परीक्षा बोर्डमा निम्ता नपठाएको त्यहीँकै कर्मचारीले बताए ।
बोर्डको बजेट दुरुपयोग गर्दै घुम्नकै लागि अमेरिकाका नेपाली समुदायको निम्ता मगाएर उनीहरु परीक्षा प्रणालीको अध्ययन गर्ने बहाना बनाई गएका छन् । अमेरिकाको परीक्षा प्रणाली र नेपालको परीक्षा प्रणालीमा आकाश जमिनको फरक छ । राष्ट्रिय परीक्षा बोर्डका एक कर्मचारीले भने–‘अमेरिकाको परीक्षा प्रणाली अध्ययन गरेर नेपालको परीक्षा प्रणाली सुधार गर्ने कुरा बहाना हो, उनीहरु कागज मिलाएर श्रीमतीसहित घुम्नका लागि गएका हुन् ।
सदस्य सचिव अर्यालको ६ महिना मात्र कार्यकाल बाँकी भएकाले कागज मिलाएर राष्ट्रको ढुकुटी दुरुपयोग गरी घुम्न गएका हुन् ।’
बोर्डका सदस्य सचिव दुर्गा र सहसचिव भगवान अर्यालले ३–३ लाखका दरले भ्रमण खर्च निकासा गराएका छन् भने ट्रेड युनियन अध्यक्ष ढकालले २ लाख लिएका छन् । अर्याल बन्धुले श्रीमतीको अमेरिका आतेजाते टिकटदेखि सपिङसम्मको ब्ययभार गोल्डेन गेट कलेजका रमेश सिलवाल, प्रसादी कलेजका बिक्रम राई, पिनाकल कलेजका ऋषि तिवारी, जेभियरका लोकबहादुर भण्डारीलगायतहरुसँग असुलउपर गरेको स्रोतले बताएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend