बुटवल । तराईका जिल्ला चलाएको अनुभव नभएका कमाण्डरलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही रुपन्देहीमा पठाएपछि उनको कामबाट स्वयं नेपाल प्रहरी प्रधान कार्यालय नै सन्तुष्ट हुन सकेको छैन ।
जिल्लाको कमाण्ड समहाल्नका लागि एसपी भरतबहादुर विकलाई प्रहरी प्रधान कार्यालयले २०७९ माघ १९ गते रुपन्देही पठाएको थियो । तर, एसपी विकले जिल्लाको कमाण्ड समहाल्न नसकेको, कार्यसम्पादन कमजोर देखिएको, अर्थ संकलनमा संग्लन रहेको लगायत उनको विषयमा प्रहरी प्रधान कार्यालय र आईजीपी बसन्तबहादुर कुवँरसमक्ष गुनासोहरु पुगेपछि उनी चिन्तित बनेका छन् । गुनासो र उजुरी परे पनि उनको कार्यसम्पादनमा सुधार आएको छैन ।
संगठनले पनि केही गरेको देखिएको छैन । तराईका जिल्लामध्ये रुपन्देही निकै संवदेनशील मानिन्छ । नेपालगंज जस्ता घटना रुपन्देहीमा भए एसपी विकले सम्हाल्न नसक्ने र क्षति बढी हुनसक्ने आंकलन संगठनका धेरै प्रहरी अधिकृतहरुको छ ।
‘तराईका जिल्लाको चलाएको खासै अनुभव नै नभएका अधिकृतलाई रुपन्देही जस्तो जिल्लाको जिम्मेवारी दिनु संगठनकै गल्ती हो’ एक प्रहरी अधिकृतले भने, ‘भोलि कुनै ठुलो घटना भइहाल्यो र सम्हाल्न सकिएन भने नैतिक जिम्मेवारी संगठनले लिनुपर्ने र शान्ति सुरक्षा कायम गर्न नसकेकोमा बदनाम पनि संगठन नै हुने हो ।’
एसपी विकको कार्यसम्पादनलाई लिएर आईजी कुवँर सन्तुष्ट छैनन् । तर, पनि उनले कुनै एक्सन नलिदाँ ठूला घटना सम्हाल्न नसकेको स्थितिमा आमसर्वसाधारणले क्षति बेहोर्नुपर्ने अवस्था छ । कार्यसम्पादनमा एसपी विक कमजोर देखिए पनि सरुवा भइसकेको जिल्लाका घुमुवा प्रहरी सहायक निरीक्षक (असई) पवन जिसीलाई काखी च्यापेर उनी मार्फत् आफ्नो घुस असुली धन्दा जारी राखेका स्रोतको दाबी छ ।
चाडपर्व नजिकिएसँगै रुपन्देहीमा जिल्लामा तस्करी झन बढेको छ । रुपन्देही प्रहरीको मिलोमतोमा जिल्लाको मनैहिवा, बुचिबरवा, दुर्गौलिया, मेउडिहवा, त्रिलोकपुर, कदमहवा, कालीदह लगायत विभिन्न नाकाहरुबाट कपडा, हार्डवेयर, इलोक्ट्रोनिक्स, मोबाइल, कवाड, खसी–बोका, कस्मेटिक, कुखुरा खाद्यान्न लगायतका सामग्री तस्करी भइरहेको छ । सीमावर्ती तराईका अन्य जिल्लाहरुमा ठूला प्रगति देखाउँदा रुपन्देहीका एसपीले प्रगति लाजमर्दो छ ।
स्रोतका अनुसार घुमुवा जिसीले मैनिहवा नाकाबाट कवाड तस्करी गर्ने संजय यादवको टिमसगँ मासिक दररेट असुली गर्ने गरेका छन् । जसको दररेट ५० देखि १ लाख रुपैयाँसम्म तोकिएको छ । खसी–बोका तस्करी गर्ने रजाम, कपडाका कारोबारी राधेश्याम यादव, भैरहवा विमानस्थल पछाडि क्षेत्र कवाड तस्करी गर्ने (नाम नखुलेको) तस्करसँग दररेट तोेकेर असुली गर्ने गरेका छन् । यी प्रतिनिधिमूलक उदाहरणहरु मात्र हुन् । घुमुवा जीसीले यस्तै विभिन्न सामग्रीको तस्करी गर्ने राजकुमार, दाडी, पिन्टु, सलमान, प्रेम, सैलेस, छोटु, बिनेस, दिपेश, गुलाब लगायत नामक तस्करसगँ व्यापाक रुपमा मासिक असुली गरी आतंक मच्चाएका छन् ।
जिल्लाको घुमुवा जीसीको अत्याधिक गुनासो पुगेपछि प्रहरी प्रधान कार्यालयले उनको नेपाल प्रहरी युक्ति तालिम महाविधालय कार्यशाखा जर्गाह पश्चिम नवलपरासीमा सरुवा गरेको छ । चाडपर्वको बेला बढी रकम असुली हुने र जिसीलाई सरुवा रमाना दिएर पठाए असुलीमा असर पर्ने भएकोले एसपीले विकले उनलाई रमाना दिएका चाहेका छैनन् । रमाना नदिएकै कारण असई जिसीले तस्कर, क्यासिनो लगायतबाट मासिक लाखौँ रुपैयाँ असुलेर एसपीलाई बुझाउँदै आएको स्रोतको भनाइ छ ।
‘घुमुवा जिसीको सरुवा जर्गाहामा भएपछि नियमअनुसार एसपी सा’ बले उनलाई रमाना दिनुपर्नेमा घुस असुलीका लागि मात्र आफुसगँ राखेका छन्’ स्रोत भन्छ, ‘अरुको सरुवा भए २४ घण्टाभित्र रमाना बुझ्न लगाउने एसपी सा!ब ले घुमुवा जिसीको प्रगति राम्रो नदेखिदाँ पनि उनलाई काखी च्यापेर राखेका छन् ।’
यसैगरी जिल्लाको अपराध अनुसन्धानको जिम्मा दिएर (क्राइम टोली) घुमुवामा खटाइएको सहायक हवल्दार निवास क्षेत्री र तुलसी यादवले पनि तस्करहरुसगँ असुली आतंक मच्चाएको सुनिएको छ । दुवै जनाको दरबन्दी अन्यत्र भएपनि बर्षौदेखि उनीहरु पावरको भरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बसेका छन् । यसमा पनि एसपी विक मौन छन् ।
केही समयअघि भैरहवाको होटल निर्वाणामा रहेको निर्भाना लक्जरी क्यासिनोमा नेपालीले जुवा खेलिरहेको सूचना पाएपछि आईजी बसन्त कुवँरले लुम्बिनी प्रदेशका डीआइजी उमेशराज जोशी मार्फत् रुपन्देहीका एसपीलाई उक्त क्यासिनोमा छापा मार्न निर्देशन दिदाँ समेत छापा मार्न नगएपछि डिआइजी जोशीले ‘कारवाही गर्छु’ भनेपछि नचाहँदाचाहदै पनि क्यासिनोमा छापा मार्दा केही नेपाली फेला परेपछि बाध्यताले पक्राउ गर्नुपरेको थियो ।
जुवा खेल्ने नेपालीलाई पक्राउ गरे पनि कारवाही नगरी छाड्न लाग्दा डिआइजी जोशीले पुनः कारवाहीको चेतवानी दिएपछि जुवा ऐन अनुसार मुद्दा चलाउनुपर्नेमा अभद्र व्यवहारको मुद्दा चलाई क्यासिनो संचालक र पक्राउ परेकाहरुलाई राहत दिएका थिए । अहिले पनि प्रहरी सेटिङमा क्यासिनोमा नेपाली नागरिकहरुलाई जुवा खेलाउने गरिए पनि रकम असुलीकै कारण एसपी विक मौन रहेको स्रोतको भनाइ छ ।
त्यस क्षेत्रका क्यासिनोको गाडीहरुमा सीमा क्षेत्रबाट ठूलो मात्रामा भारुको अवैध कारोबार हुदाँ पनि एसपी विकले केही गरेका छैनन् । निर्देशन अनुसार क्यासिनोमा छापा मार्न आनाकानी गरेका उनले क्यासिनोको गाडीको जाँच गर्न पनि चाहेका छैनन् । सीमापारीबाट आएका व्यक्तिहरुले क्यासिनो खेल्न जाने भन्दै गाडी बसेर विना कुनै चेकजाँच निर्धक्क सीमाको सुरक्षा जाँच पार गर्छन् । केही दिनअघि मात्र सशस्त्र प्रहरीले होटल लाकोल र होटल नान्समा रहेको क्यासिनोको गाडी सीमानाकाबाट होटलतर्फ आउँदै गर्दा सूचनाका आधारमा गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा १० लाख बढी भारु बरामद गरेको थियो ।
यस्तै चाडपर्वको बेला पनि स्थानीय व्यापारीको व्यापार नहुदाँ उनीहरु चिन्तित छन् । तर, एसपी विकका मातहतका घुमुवा प्रहरी, इन्चार्जहरुले रुपन्देहीमा तस्करी गराएर आतंक मच्चाइरहँदा पनि माथिल्लो कार्यालय लुम्बिनी प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालय भने चुपचाप नै छ ।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend